Section 14
समितिको काम, कर्तव्य र अधिकार
: यस ऐनमा लेखिएका अन्य काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले पेश गरेको आयोडिनयुक्त नूनकोलेबल तथा प्याकेजलाई तोकिए बमोजिम स्वीकृति प्रदान गर्ने ।
(ख) आयोडिनयुक्त नून सम्बन्धी सूचना तथा शैक्षिक सामाग्रीहरुको प्रचार प्रसार सम्बन्धी काममा समन्वय गर्ने ।
(ग) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित व्यवस्थाहरु पालन भए नभएको सम्बन्धमा तोकिए बमोजिम सुपरिवेक्षण तथा अनुगमन गर्ने ।
(घ) यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियममा उल्लिखित व्यवस्था विपरीत आयोडिनयुक्त वा आयोडिन नभएको नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्ने व्यक्ति उपर अनुसन्धान तहकिकात गरी मुद्दा चलाउने सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने ।